आइतबार , जेठ २६, २०८२

अफगानिस्तानमा तालिबानको काबुलमाथि नियन्त्रणको तीन दिनपछि कम्तीमा दुई शहरमा सर्वसाधारणले तालिबानको विरोधमा प्रदर्शन गरेको खबर आइरहेको छ ।

बुधबार नांगरहार प्रान्तको राजधानी जलालाबादपछि खोस्त प्रान्तको राजधानी खोस्तमा पनि सर्वसाधारण सडकमा उत्रिएर प्रदर्शन गरेको खबर छ ।

दुबै शहरमा ठूलो संख्यामा मानिसहरुले शहरको केन्द्रमा अफगानिस्तानको राष्ट्रिय झण्डा लगाए र र्याली निकाले ।

स्थानीय मिडियामा खोस्तबाट आएको भिडियोमा देखिए अनुसार त्यहाँ प्रदर्शनकारी सडकमाथि बनेको एक फुटब्रिजमा अफगानको झण्डा लगाइरहेको देख्न सकिन्छ त्यसपछि केही हतियारधारी मानिसहरुले त्यसलाई खसाल्ने कोसिस गर्छन् ।

भिडियोमा देखिए अनुसार बन्दुकधारीले त्यहाँ गोली पनि चलाउँछन् जसका कारण भागदौडको मच्चिन्छ । बीबीसी पश्तो सेवालाई स्थानीय स्रोतले दिएको जानकारी अनुसार उक्त प्रदर्शनमा कम्तीमा एकजना घाइते भएका छन् ।

यसअघि जलालाबाद शहरमा पनि यस्तै तस्बिर सार्वजनिक भएको थियो जहाँ मानिसहरुले अफगानिस्तानको झण्डा लिएर प्रदर्शन गरे र त्यसपछि उनीहरुलाई तितरबितर गर्नका लागि हावामा गोली चलाइयो ।

तालिबानले जलालाबादमा आइतबार बिहान कुनै लडाईं बिना नै कब्जा जमाएको थियो । त्यसपछि अफगानिस्तानलाई पाकिस्तानसँग जोड्ने सडकमा उनीहरुको नियन्त्रण भएको थियो ।

तर बुधबार जलालाबादबाट खबर आयो कि त्यहाँ नारा लगाइरहेको भीडले तालिबानको झण्डा हटाएर अफगानिस्तानको झण्डा लगाइदिए ।

प्रदर्शनकारीले तालिबानसमक्ष राष्ट्रिय ध्वज परिवर्तन नगर्न माग गरिरहेका थिए ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले देशको झण्डाको विषयमा हाल विचार विमर्श चलिरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP