सोमबार , अषोज २६, २०८३

साफ च्याम्पियनसिप २०२१ को खेल तालिका सार्वजनिक गरिएको छ।

आगामी असोज १५ देखि माल्दिभ्समा हुने प्रतियोगितामा नेपालले पहिलो खेल घरेलु टिमसँग खेल्ने भएको छ।

नेपाल र  माल्दिभ्सबीच असोज १५ मा पहिलो खेल हुनेछ।

नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते खेल्नेछ। यस्तै तेस्रो खेल नेपालले भारतसँग खेल्नेछ। नेपाल र भारतबीच असोज २२ गते खेल हुनेछ।

नेपालले अन्तिम खेल बंगलादेशसँग असोज २४ गते खेल्नेछ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको अंक तालिकाका शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

उपाधि भिडन्त असोज २७ मा हुनेछ। सबै खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुनेछ।

यसपटकको प्रतियोगिता नेपालसहित आयोजक माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले खेल्न लागेका हुन्।

साफ च्याम्पियनसिपका लागि अहिले नेपालले पोखरामा तयारी गरिरहेको छ।

साफ च्यम्पियनसिपमा भारत सबैभन्दा सफल टिम हो। उसले सात पटक उपाधि जितेको छ। नेपाल भने अहिलेसम्म फाइनलसम्म पनि पुग्न सकेको छैन।

नेपालको खेल 
नेपाल भर्सेस माल्दिभ्स –  असोज १५
नेपाल भर्सेस श्रीलंका – असोज १७
नेपाल भर्सेस भारत – असोज २२
नेपाल भर्सेस बंगलादेश – असोज २४
फाइनल – असोज २७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP