शनिबार , भाद्र १३, २०८३

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली स्वदेश नफर्की काममै जान थालेको जानकारी आएको बताएको छ।

सम्पर्कमा आएका मध्ये केहि नेपाली नागरिकहरू अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी आएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ रहेका र सम्पर्कमा आउनुभएका मध्ये केहि नेपाली नागरिकहरूले अफगानिस्तानको पछिल्लो अवस्था आकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी समेत गराउनु भएको छ।’ मन्त्रालयले मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएको पनि जनाएको छ । यस्तै ९ भारतीय समेत अफगानिस्तानबाट आएको र उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय दूतावासको जिम्मा लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP