मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ ०२ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– एकादशी, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मूल, रातको १२ बजेर ०४ मिनेट उप्रान्त पूर्वाषाढा । योग– विष्कुम्भ, बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त प्रिती । करण–वणिज, दिउसो ०१ बजेर ०५ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३२ घडी ३३ पला । पुत्रदा एकादशी व्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रसन्न रहने तथा भाग्य वृद्धि हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागी गरिने कामहरू अन्तिम निष्कर्षमा नपुगी बीचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने  तथा विलासी जीवन व्यतित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार विस्तार गरी प्रशस्त रुपैयाँ पैसा कमाउनेछ । नयाँ ठाउँको भ्रमण गरी सङ्गीतको सुमधुर धुनमा रमाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यवसायमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनु होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नजिकिने समय रहेको छ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मीय मित्र तथा साथीभाइहरूको सहयोगले सकारात्मक कामहरू गर्न सकिनेछ ।  बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)   छोटो समय तथा सानो प्रयत्नले कामहरू बन्ने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । सरकारी तथा प्रशासनिक कामहरू समयमा सम्पादन हुँदा मन प्रसन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP