सोमबार , अषोज २६, २०८३

सिड्नी , नोभेम्वर २९ ।
मल्टीकल्चरल सोसाइटी क्याम्पबलटाउन अष्ट्रेलियाले नेपाली समुदायको तर्फवाट उपाध्यक्ष पदमा पत्रकार प्रकाश हुमागाँई र कोषाध्यक्षमा समाजसेवी हरिभक्त अधिकारी (ह्यारी)लाई मनोनयन गरेको छ । हुमागाँई ल्यूमिया नेपलिज कम्युनिटीका अध्यक्ष हुन् भने अधिकारी साउथवेस्ट नेपलिज कम्युनिटीका जनसम्पर्क संयोजक हुन् ।
अष्ट्रेलियाको ब्यापारिक सहर सिड्नीको नेपालीहरुको वाक्लो बस्ती रहेको क्षेत्र हो क्याम्पबलटाउन । करिव ३५ सय नेपालीहरु स्थायी बसोवास गर्ने क्याम्पबलटाउन क्षेत्रमा दिनानुदिन नेपालीहरु बसाई सर्ने क्रम वढेसंगै नेपालीहरुको सामाजिक र राजनीतिक दायरापनि फराकिलो हुदै गएको परिप्रेक्ष्यमा मल्टीकल्चर सोसाइटी जस्तो महत्वपूर्ण संस्थामा माथिल्लो पद पाउनु गर्वको विषय भएको समुदायका अगुवाहरुले बताएका छन् । लामो समयदेखि पत्रकारितामार्फत समाजमा आफ्नो छुट्टै पहिचान वनाएका हुमागाई पछिल्लो समय सामुदायिक क्रियाकलापमा पनि त्यतिकै सकृय रहदै आएका छन् । नेपाल पत्रकार महासंघको अन्तराष्ट्रिय समन्वय समिति सदस्य, नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरमको मिडिया संयोजक लगायतका सामाजिक संस्थामा रहदै आएका हुमागाईले संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो पहिचानलाई स्थापित गर्न लागिपर्ने आफ्नो सोचलाई यो मनोनयनले थप टेवा पुगेको बताए । त्यस्तै कोषाध्यक्षको जिम्मेवारी पाएका ह्यारी अधिकारी सिड्नीका नेपाली माझ लोकप्रिय विस रियल स्टेटका डाइरेक्टर हुन् । एनएडिएफ उपाध्यक्ष, एनआरएन अष्ट्रेलियाको नेपाल प्रमोसन टु मेनस्ट्रिम अष्ट्रेलिया टास्कफोर्स संयोजक लगायतका भूमिकामा रहेका अधिकारी नेपालीको सामाजिक र सांस्कृतिक पहिचानलाई दरिलो बनाउन यो मनोनयनले थप सहयोग पुग्ने बताउछन् । विभिन्न देशवाट बसाईसरी अष्ट्रेलियालाई कर्मभूमि बनाएका सामाजिक ब्यक्तित्वहरुले प्रतिनिधित्व गर्ने गरेको मल्टीकल्चर सोसाईटीमा नेपालीका अलावा बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स, टोरेसस्टेट आइल्यान्डर, अष्ट्रेलियन एवोरजिनल, श्रीलंका, मलेसिया लगायतका देशको प्रतिनिधित्व रहेको छ । सोसाइटीले विभिन्न सांस्कृतिक कार्यक्रम, मेला र महोत्सवहरुको आयोजना गर्दै आएको छ । जसमा विभिन्न देशका सांस्कृतिक र मौलिक पहिचान सहित वर्षेनी हजारौलाई सहभागि गराउने गरि कार्यक्रम आयोजना हुदै आएको छ । गत वर्ष ल्यूमियामा गरिएको बैशाखी महोत्सवमा करिव ४० हजार सहभागी उपस्थित भएका थिए भने अष्ट्रेलियन सरकारका केन्द्रीय मन्त्रीदेखि सांसदसम्म कार्यक्रममा उपस्थित थिए ।
सोसाइटीको अध्यक्षमा बंगलादेशी समुदायको तर्फवाट इनाम हकले नेतृत्व गर्दै आएका छन् । वरिष्ठ उपाध्यक्षमा मोहोम्मद जहागिर अलाम,उपाध्यक्षमा प्रकाश हुमागाई, अमर सिंह, महासचिव सफिकुल अलाम, उप महासचिव रौनक मिया, सदस्यमा ब्रायन ल्यूल, मोहम्मद जामन तितु, मोवारक हुस्सैन लगायतका रहेका छन् । त्यस्तै सोसाइटीको सल्लाहकारमा साउथवेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष देवेन्द्र सापकोटालाई नियुक्त गरिएको सोसाइटीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । सापकोटा साउथ वेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष हुन् । क्याम्पबलटाउन काउन्सीलमार्फत हुने विभिन्न सामुदायिक कार्यक्रममा सकृय भूमिका निर्वाह गर्दै आएका सापकोटा यस क्षेत्रमा नेपालीहरुको पहिचान स्थापित गर्न सकृयरुपमा सहभागि हुने गरेको जानकारहरु बताउछन् । आफ्नो कम्युनिटीका अध्यक्षले मल्टीकल्चर जस्तो लोकप्रिय र अग्रणी संस्थामा उपाध्यक्ष जस्तो नेतृत्वदायी भूमिका पाउनुले आफुहरु निक्कै हर्षित भएको ल्यूमिया नेपलिज कम्युनिटीका उपाध्यक्ष प्रमोद धितालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP