मंगलबार , बैसाख २९, २०८३

तालिवान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।

शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ ।

“पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,” सामञ्जनीले माफी को घोषणा गर्दै भन्नुभयो । शरिया कानुन बमोजिम महिलालाई पनि सरकारमा सहभागी हुन दिइएको छ तर उहाँहरू शरिया कानुन अनुसार सरकारी संरचनामा रहनुपर्दछ ।

अफगानिस्तानको प्रमुख टिभी स्टेशन टोलो न्युजले उसको एक महिला कार्यक्रम सञ्चालिकाले मंगलबार तालिवानको सञ्चार समूहका सदस्य सामाङ्गिनीको अन्तरवार्ता प्रसारण गरेको थियो । उक्त कार्यक्रममा ती तालिवान सदस्यले सरकारको संरचना अझै पूर्ण रुपमा स्पष्ट नभएको तर अनुभवका आधारमा पूर्ण इस्लामिक नेतृत्व हुनुपर्ने र सबै पक्षलाई समावेश गरिने बताएका थिए ।

तालिवानले अफगानिस्तानलाई कसरी शासन गर्ने भन्ने विषयमा घोषणाहरूमा स्पष्ट भएका छैनन् । तर साङ्केतिक रूपमा उनीहरूले इस्लामी “सिद्धान्त“ अनुसार हुनेछ ।

इस्लामी कानुन शारियको कठोर व्याख्या अनुसार शासन गर्ने तालिवानको अधीनमा महिलाहरू धेरै हदसम्म आफ्नो घरमा मात्र सीमित थिए ।

विद्रोहीहरूले हालैका वर्षहरूमा यसमा केही लचक बन्ने प्रयास गरेका भएपनि थुप्रै अफगानीहरू नै तालिवानले सत्ता सञ्चालनका क्रममा देखउनसक्ने शैलीप्रति शङ्का व्यक्त गरेका फ्रान्स–२४ टेलिभिजनले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP