मंगलबार , जेठ २१, २०८२

हरेक छोरीका निम्ती आमा बेष्ट फ्रेण्ड हुन्छिन् । आमाका धेरै गुण छोरीमा देखिने गर्दछ । यतिमात्र होइन, केहि छोरीहरु आमा जस्तै हुबहु देखिने समेत गर्दछन् ।

यस मामलामा बलिउडका केहि अभिनेत्री समेत पर्दछन् । आमाको लुक्सको कार्बन कपी झै देखिने यी अभिनेत्रीका बारेमा आज हामी चर्चा गर्नेछौ ।

१. शर्मीला टैगोर र छोरी सोहा अली खान
बलिउडमा आमा छोरीको चर्चामा अग्रंपक्तिमा आउने नाम हो, शर्मीला टैगोर र छोरी सोहा अली खान । सोहा, आमा शर्मीलाको कार्बन कपी झै देखिन्छिन् ।

२. अमृता सिंह र छोरी सारा अली खान
आमाको कार्बन कपी झै देखिने अर्की अभिनेत्री हुन् सारा अली खान । भारतको पटौदी खानदानकी बुहारी अमृता सिंहको अनुहारसंग साराको अनुहार हुबहु मिल्दछ ।

३. डिम्पल कपाडिया र छोरी ट्विंकल खन्ना
नातामा आमाछोरी रहेकी ९० को दशकयता चर्चामा रहेकि अभिनेत्री ट्विंकल खन्नासंग ९० को दशक अगाडीको चर्चाकी अभिनेत्री डिम्पल कपाडियाको अनुहार पनि मिल्दछ ।

४. हेमा मालिनी र छोरी ईशा देओल
आफ्नो समयकी बलिउडकी नम्बर १ हिरोइन हेमा मालिनीसंग उनकी छोरी ईशा देओलको अनुहार पनि हुबहु मिल्दछ । ईशा बलिउडमा खासै जम्न सकिनन् ।

५. पूजा बेदी र छोरी अलाया फर्निचरवाला
अभिनेत्री पूजा बेदी समेत आफ्नो समयमा निकै चर्चाकी अभिनेत्री थिइन् । उनकी छोरी अलाया फर्नीचरवाला हुबहु आमा जस्तै देखिन्छिन् ।

६. सारिका र छोरी श्रुति हासन
साउथ सुपरस्टार कमल हासनकी श्रीमती सारिकासंग उनकी छोरी श्रुतीको अनुहार हुबहु मिल्दछ । श्रुति हासन आमाको कार्बन कपी झै देखिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP