
– राजन घिमिरे
पछील्लो समय प्रबासमा नेपालीहरू बिभिन्न पेशा र ब्यबसाय तर्फ अग्रसर हुन थालेका छन । अरूको काम भन्दा पनि आफ्नै ब्याबसाय गर्न तर्फ उत्साहित हुनाले प्रबासमा नेपालीहरूको ब्याबसायले बिस्तारित रूप पनि पाईरहेको छ ।
यसै क्रममा अस्ट्रेलियाको सिड्नी स्थित कोग्रामा दुई नेपाली युवा प्रकाश सुबेदी र सागरजंग बहादुर राणाको लगानीमा आधुनिक किसिमको बिशुद्द नेपाली बिशेषता बोकेको रोयल दरबार रेस्ट्रो नामक र्रेष्टुरेण्ट संचालनमा आउंने भएको छ । प्रकाश पोखराका हुन भने सागर काठमाण्डौका हुन । रेष्टुरेण्ड लकडाउंन खुलेपछी सन्चालनमा आउंने बताइएको छ ।
केही बर्ष यता अष्ट्रेलियाको सिड्नीमा नेपालीहरूको बस्ती बाक्लिदै जानु र यही कुरालाई मध्यनजर गरेर नेपालीहरूकै लगानीमा रेष्टुरेण्टहरू सन्चालनमा आउंनुलाई सकारात्मक रूपमा लिइएको छ ।
प्रबासमा नेपालकै स्वाद र परिकारलाई प्राथमिकतामा राखिने जानकारी दिइएको छ -‘ हामी नेपालकै स्वाद र परिकार प्रबासमा खुवाउंने उद्देश्यले लागि परेका छौ । यसमा हामीलाई साथ र समर्थन पनि मिल्ने बिस्वास छ -‘ सन्चालकहरू सुबेदी र राणाले बताए ।