सोमबार , बैसाख ८, २०८२

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।

निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए ।

‘निषेधाज्ञापछि सीसीएमसीले विस्तारै आवश्यक क्षेत्र खुलाउँदै गएको छ,’ उनले भने, ‘विभागले ट्रायल खुलाउने तयारी गरेकोमा हाम्रो सिफारिशपछि सीसीएमसीले गर्ने निर्णयले नै ट्रायल खुल्छ÷खुल्दैन भन्न सकिन्छ ।’

विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गतेदेखि  सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयहरूले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए । निषेधाज्ञाअघि नै परीक्षा ट्रायलका लागि परेका आवेदनमध्ये ४ लाखले परीक्षा दिन बाँकी छ । ट्रायलको हुने अन्योल भएपछि आवेदन अलपत्र परेका छन् । अन्य क्षेत्र विस्तारै सामान्य बन्दै गएकाले ट्रायल पनि खोल्ने तयारी विभागले गरेको होे ।यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP