
गीतकार डा. डीआर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहका बिच प्रधानमन्त्री देउवाले उक्त प्रमाण पत्र प्रदान गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना समेत दिएका थिए ।
डा. उपाध्यायले गत असार १५ गते मंगलबार एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्रमाण पत्र प्राप्त गरेका थिए । ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख उनले प्रकाशन गरेका थिए ।