मंगलबार , अषोज २७, २०८३

सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेकोमा त्यसविरुद्ध रिट दायर गरी अन्तरिम आदेश माग गरेकामा अस्वीकार गरेको हो ।

त्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सुनुवाई गर्दै सो रिटबारे अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगको निर्णयसँगै ठाकुर पक्षलाई धक्का लागेको छ ।

बहुमत केन्द्रीय कार्यकारिणी सदस्य उपेन्द्र यादव पक्षमा रहेपछि निर्वाचन आयोगले उनलाई नै आधिकारिकता दिएको थियो । ठाकुरसहित उनी पक्षधर राजेन्द्र महतोसहित नेताहरुलाई अध्यक्ष उपेन्द्र यादवले साधारण सदस्य मात्र रहने गरी जिम्मेवारीबाट हटाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP