
आफगानिस्तानको राजधानी काबुल विमानस्थलमा नागरिक उडान बन्द छ।
त्यहाँ रहेका दुई नेपालीहरूले आफूहरू जोखिमपूर्ण अवस्थामा रहेको बीबीसीलाई बताएका छन् ।
उनीहरुले नेपाल सरकारले कुनै व्यवस्था गरेर नेपाल फर्काउन अनुरोध गरेका छन्। उनीहरुले आफूहरु अब नेपाल फर्किन पाउने या नपाउने भन्दै नाजुक अवस्थामा पुगेका बताएका छन् । उनीहरु दुई जनासंगै ५० जना त्यहाँका एउटै कम्पनीमा काम गरिरहेका बताइएको छ।
काबुलमा तालिवानहरुले बम खसालिरहेको र बाहिर निस्कन नसकिने अवस्था रहेको उनीहरुले बीबीसीलाई बताएका छन ।