बुधबार , असार ४, २०८२

प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकारले  आगामी  असोजसम्म  कम्तीमा एक करोड खोप ल्याउने बताएका छन्  । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक  करोड  खोप  मुलुकमा  ल्याइने  प्रतिबद्धता  जनाए ।

कोभिड–१९  को  महामारीले  सिर्जना  गरेको  चुनौती  र  जिम्मेवारीबारे  आइतबार  आयोजित  भर्चुअल  समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप  लगाउन  उपयुक्त  सबै  जनतालाई  खोप  लगाउने प्रण सरकारले गरेको बताए । यो  सप्ताहान्तसम्म  पूर्ण  मात्रामा  खोप  लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।

उनले  सर्वप्रथम  खोपको  व्यवस्थापन,  वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो  भन्नेमा  यो  सरकार  पूर्ण  विश्वास  रहेकोे  बताए । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो  समयदेखि  यसका  चौतर्फी  असर  भोग्दै  आएको  उल्लेख  गरेका छन् ।

सरकारको  कोभिडविरुद्धको  रणनीति  विज्ञानमा,  स्वास्थ्य  क्षेत्रका  विज्ञहरूको  सल्लाहमा  बनाउनेसमेत  प्रधानमन्त्री देउवाले बताउनुभएको छ । सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन  तथा  दीर्घकालीन  आर्थिक  पुनरुत्थानको  रणनीतिमा  काम  गरिने  जानकारी  प्रधानमन्त्री  देउवाले  दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP