बिहिबार , बैसाख २५, २०८२

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम हटस्पर्सले सिटीलाई १–० गोलले हराएको हो ।

सिटी जान इच्छुक स्टार खेलाडी ह्यारी केन बिना नै मैदानमा उत्रिएको स्पर्सका लागि दोस्रो हाफमा सन हिउङ–मिनले गरेको एक मात्र गोल निर्णायक बन्यो । योसँगै नयाँ म्यानेजर नुनो एस्पिरितो सान्तोको नेतृत्वमा स्पर्सले विजयी सुरुवात गर्न सफल भएको छ ।

उता, १० करोड पाउन्डमा खरिद गरेका ज्याक ग्रिलिससँगै मैदानमा उत्रिएको सिटीले गोलका लागि थुप्रै अवसरहरू सिर्जना गरे पनि स्पर्सका गोलकिपर लोरिसलाई भने खासै परीक्षण गर्न सकेन ।

आइतबार नै भएको अन्य खेलमा वेस्ट ह्यामले न्युक्यासललाई ४–२ गोलले हराउन सफल रह्यो । पहिलो चरणको खेलपछि म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा रहेको छ भने त्यसपछि क्रमशः चेल्सी र लिभरपुल रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु