मंगलबार , अषोज २७, २०८३
लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरुसमेत रहेको लेवनानको सेनाले जनाएको छ ।

सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् ।

विस्फोटन भएको बेला घटनास्थलमा झण्डै २०० नागरिक रहेका थिए । घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटना भएको थाहा पाउनासाथ रेडक्रसकर्मीहरु उद्धार कार्यका लागि घटनास्थलमा खटिएका थिए ।

घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्नसक्ने उद्धारकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP