मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ ।

काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् ।

तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकुहरुलाई गोलीबारी गर्न नदिने बताएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिबानको भनाइ छ ।

पछिल्लो १० दिनमा तालिबानले काबुलबाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ र अहिले काबुलमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् ।

तालिबानले काबुलमा कुनै आक्रमण नहुने र शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यसैबीच अफगानिस्तानका गृहमन्त्रीले पनि शान्तिपूर्णरुपमा संक्रमणकालीन सरकारलाई सत्ता हस्तान्तरण हुने भन्दै मानिसहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP