मंगलबार , अषोज २७, २०८३

मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले भारी वर्षापछि पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामन्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी,, कर्णाली र लुम्बिनी प्रदेशमा केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP