शुक्रबार , भाद्र १२, २०८३

हाइटीमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको छ । क्यारबियन देश हाइटीमा ११ वर्षपछि गएको शक्तिशाली भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवनहरु तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन् ।

हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको बताएका छन् । उनले एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

शनिबार सेन्ट लुइस डू सुड शहर भन्दा १२ किलोमिटर पर केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्पको धक्का अत्यधिक जनघनत्व भएको राजधानी पोर्ट–ओ–प्रिन्समा (भूकम्पको केन्द्रविन्दुबाट १२५ किलोमिटर पर रहेको) पनि महसुस भएको थियो ।

सन् २०१० को जनवरी १२ मा हाइटीमा सात म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला भूकम्पमा परेर कम्तीमा एक लाख ६० हजार मानिसको ज्यान गएको थियो । सो भूकम्पको भग्नावशेषबाट उठ्दै गरेको हाइटीमा फेरि शक्तिशाली भूकम्प गएको हो ।

प्रधानमन्त्री एरियल हेनरीले उद्धार तथा राहतका लागि उद्धारकर्मीहरुको टिम खटाइएको बताएका छन् । भग्नावशेषमा फसेका वा पुरिएकाहरुको उद्धार अहिलेको प्राथमिकता रहेको उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भूकम्प प्रभावित हाइटीमा तत्काल सहयोगका लागि स्वीकृति प्रदान गरेका छन् । युएसएडले सहयोग गर्ने उनले उल्लेख गरेका छन् । हाइटीमा गएको भूकम्प र त्यसले गरेको क्षतिबाट आफू दुःखी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

युएसजिएसले भूकम्पका कारण हजारौँको मृत्यु भएको हुन सक्ने चेतावनी दिएको छ । अहिले पनि परकम्पहरु आउने क्रम जारी रहेकाले सतर्क रहन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP