मंगलबार , अषोज २७, २०८३

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे ।

‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाई लड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेश तयार छ । पहाड र हिमालका जनतापनि तयार हुनुपर्‍यो’ उनले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएपछि महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भनी अभिव्यक्ति दिँदा उनको भनाइ संविधान विपरीत भएको भन्दै आलोचना भएको थियो र उनले माफी मागेका थिए ।

कार्यक्रममा बोल्दै नेता महन्थ ठाकुरले सांसद रेशम चौधरीलगायतका मधेश आन्दोलनका क्रममा बन्दी बनेका, झूटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाइ आग्रह गरे ।

अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भीर नभएको टिप्पणी गरे । मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नेसरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि उनले बताए ।

नेता भण्डारीले आफूहरुले राज्यसँग मधेश आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पनि बताए । मधेश आन्दोलनका क्रममा लगाइएको मुद्धा फिर्ता लिने, बन्दी जीवन बिताइरहेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न पनि सरकारसँग उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP