
नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ । नयाँ कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ ।
शनिबार बूढानिलकण्ठमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।
त्यस्तै बैठकले अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ । त्यसैगरी भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
अधिबेशन/ महाधिवेशनको सूची
१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिबेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/५ /२७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३