मंगलबार , बैसाख २९, २०८३

पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनमा कडाई गरेको छ। सरकारले आपतकालिन बैठक गर्दै न्यूसाउथवेल्सलगायतका स्थानमा लकडाउन कडाई गर्नुका साथै जरीवाना रकम बढाउने नियम सार्वजनिक गरेको छ।

सर्वसाधारणले अटेरी गर्ने क्रम बढेसँगै नियन्त्रणका लागि प्रहरी र आर्मीसमेत सडकमा खटाएको छ।

न्यु साउथवेल्समा कोरोनाका थप ४ सय ६६ नयाँ नया संक्रमण देखिएपछि शनिबार आपतकालीक बैठकमार्फत सरकारले नयाँ कडाइका नियम र जरिवाना अगाडि सारेको हो। शुक्रबार मात्र संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा खोप नलगाएका तीन जना र  खोप लगाएका र पहिलेदेखि नै स्वास्थ्य समस्या भएका एक ७० वर्ष माथिका पुरूष छन्।

पछिल्लो कोरानाको कहरमा सिड्नीमा मात्र ६८ जना समुदायमा संक्रमण फेला परेपछि स्थिति थप भयावह बनेको हो।

यस्तै न्यू साउथवेल्स राज्यका क्षेत्रीय शहरहरू डब्बोमा २६, हन्टर रिजनमा १६ नयाँ संक्रमित थपिएका छन्।

शनिबार बिहान कोभिड–१९ बारे पछिल्लो जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लीयनले महामारी सुरू भए यताकै सबैभन्दा चिन्ताजनक दिन भएको बताएकी छन्।

यसरी लकडाउन लाग्दा पनि दिन प्रतिदिन कोरोना संक्रमण बढ्न थालेपछि न्यु साउथवेल्समा प्रतिबन्धमा थप कडाइ गरिएको छ। जस अन्तर्गत जरिवानामा वृद्धि साथै यात्रा गर्न पाउने दुरीलाई पनि १० किलोमिटरबाट घटाएर ५ किलोमिटरमा सिमित पारिएको छ।

सिड्नी वरपर आफ्नो बासस्थान भन्दा ५ किलोमिटरको दुरीमा मात्र यात्रा गर्न पाइने नयाँ नियम लागू भएको छ।

सार्वजनिक स्वास्थ्य निर्देशनलाई उल्लघंन गर्नेलाई ५ हजार डलर जरीवाना तिराइने भएको छ।

होम क्वारेन्टिनको नियम तोडनेलाई, अनुमतिका सम्बन्धमा ढाँट्नेलाई र दुई जनाभन्दा बढि सामुहिक ब्यायाम गरेमा तत्काल ठूलो रकमको जरिवाना तिराइने भएको छ।

सोमबारदेखि सिड्नीका प्रभावित क्षेत्र लिभरपुल, ब्ल्याकटाउन, क्याक्बलटाउन, पारामाटा, कम्बरल्यान्ड, फेयरफील्ड, बरउड, क्यान्टबरी ब्यांक्सटाउन, बेसाइड,जर्जेज रिभरलगायतका क्षेत्रमा अति आवश्यक कार्य गर्न अनि व्यायाम र बालबच्चा हेर्नलाई मात्र अनुमति दिइने छ।

वृहत सिड्नीबाट रिजनल क्षेत्रमा जानका लागि यात्रा छुटको लागि आवेदन हाल्नु पर्ने भएको छ। यसैबीच अस्ट्रेलियाका अन्य शहरको भिक्टोरियामा २१ नयाँ स्थानीय संक्रमण फेला परेका छन्। जसमध्ये ३ वटा पुराना संक्रमणसँग सम्बन्धित नरहेको पाइएको छ। यस्तै क्वीन्सल्याण्डले ६ नयाँ सामुदायिक कोरोना संक्रमण फेला परेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP