मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन हुने संकेत गरेका छन् । आज राजधानीमा बोल्दै नेता नेपालले लुरुक्क परेर ओलीको टाङमुनी नछिर्ने बरु क्रान्तिकारी ढंगले बढ्ने भन्दै विभाजनको संकेत गरेका हुन् । उनले एकता र विभाजनको दोबाटोमा पार्टी पुगेकाले त्यसको चाँडै टुंगो लाग्ने समेत बताए ।

आज आफू पक्षधर बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहरण कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली एकताको बाधक रहेको आरोप लगाए । उनले भने, ओलीले एकलौटी गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको छ ।

ओलीले पार्टीको विधान संशोधन गरेर एकलौटी गर्न खोजेको आरोप लगाए । ओलीको कदमहरुले धेरैको भ्रम चिरिएको सुनाए । ओली एकता विरोधी भएको आरोप लगाउँदै उनको पछिल्लो कदमले आशा गरेकाहरुलाई समेत निराश बनाइसकेको सुनाए ।

ओलीको आलोचनामा अधिकांश समय खर्चिएका नेपालले ओलीको नियत ठिक नभएको टिप्पणी गरे । आफूहरुले पटक पटक सम्झाउन खोज्दा उल्टै घेराबन्दीमा पारेको आरोप लगाएको स्मरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP