मंगलबार , बैसाख ९, २०८२

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ ।

पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको छ । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए ।

उनले भने,‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पुरा भई १४औँ वर्षमा प्रवेश गरेको छ, यो अवसरमा हामीले एकता घोषणा गरेका छौँ । अब यसलाई आफ्नो उद्देश्यअनुसार अघि बढाउँछौँ ।’

उनले आफूहरू पार्टीका अभिभावक तथा संस्थापक नेता डा. जयन्तविक्रम शाहको मार्गनिर्देशन अनुसार अघि बढ्ने पनि विश्वास दिलाए । उनले पार्टीले एमसीसीको विरुद्धमा सशक्त रूपमा आवाज उठाउने पनि जानकारी दिए । त्यस्तै, नेपालवाद, नेपाली जनता र नेपाल राष्ट्रवादलाई स्थापित र विकार गरेर लैजाने पनि उनले सुनाए ।

त्यस्तै, कार्यक्रममा पार्टीका संस्थापक नेता तथा अधिदलपति डा.जयन्तविक्रम शाहले पार्टी निर्माणदेखि यहाँसम्मको सङ्घर्ष र उपलब्धिबारे प्रकाश पारेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP