आइतबार , बैसाख ७, २०८२

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरु हतास मनस्थितिमा पुगेका छन् ।

शुक्रबार विद्रोहीहरुले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम कब्जा गरेपछि कूटनीतिक नियोगहरु काबुल छाड्ने हतारोमा लागेका हुन । अमेरिकाले आफ्ना कर्मचारीहरुको उद्धारका लागि सेनाको पहिलो खेप अफगानिस्तान पठाईरहेको छ भने अन्य पश्चिमा मुलुकहरुले पनि आफ्ना कर्मचारीहरुलाई त्यहाँबाट निकाल्ने प्रक्रिया शुरु गरिसकेका छन् ।

काबुलस्थित राष्ट्रसंघीय नियोगका प्रमुखले परिस्थिति निकै तीव्र गतिमा परिवर्तन भईरहेको र नियन्त्रण बाहिर गईरहेको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले अफगानिस्तानको अवस्थाको सुक्ष्म निगरानी गरिरहेको भन्दै तत्कालै काबुलमा विद्रोहीले कब्जा जमाउने संभावनालाई भने अस्वीकार गरेका छन् ।

तर एक महिना भित्र राजधानी काबुल विद्रोहीको कब्जामा पुग्नेमा भने उनी पनि सहमत देखिएका छन् । अमेरिकाले आफ्ना कर्मचारी र नागरिकहरुको सुरक्षा र उद्धारका लागि यसै साताको अन्त्यसम्म ३ हजार फौजा त्यहाँ उतार्ने पनि पेन्टागनका प्रवक्ताले बताएका छन् । बेलायतले कूटनीतिक कर्मचारीको उद्धारका लागि ६ सय सेना पठाउँदै छ भने जर्मनी, डेनर्माक र नर्वेले पनि उद्धारको काम अघि बढाईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP