बुधबार , असार ४, २०८२

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्।

पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवासमा केन्द्रीय समिति बैठक बसेको थियो।

पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र क्षेत्रीय सभापति स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको तर आमन्त्रित केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि हुन वडाबाट चुनाव लडेर आउनुपर्ने नीति विभेदकारी रहेकोले सच्याउन दबाब दिन सामूहिक राजीनामा घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले बताए।

‘चुनाव लडेर आउने भए पदाधिकारी, केन्द्रीय सदस्य सबै चुनाव लडेर आउनुपर्छ, नभए किन हामीलाई मात्रै बेग्लै नियम?’ उनले भने, ‘यो व्यवस्था सच्याउनुपर्छ।’

सामूहिक राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यको नामावली

१. जनकराज कलौनी
२.मोहनसिंह राठौर
३. बालकृष्ण पाण्डेय
४.सुधीरकुमार शिवाकोटी
५. नरेन्द्रकुमार चौधरी
६. शम्भुलाल श्रेष्ठ
७. आशाराम चौधरी
८. रमा कोइराला पौडेल
९. दिलीप राई
१०. कुमार खड्का
११.  भूमिबहादुर (विश्व) गुरूङ
१२. मनोहरनारायण श्रेष्ठ
१३. किरणराज शर्मा पौडेल
१४. गोपालकुमार बस्नेत
१५. हसन अन्सारी
१६.अभिषेख प्रताप शाह
१७.  राजेन्द्रबहादुर सिंह
१८. नन्दनकुमार दत्त
१९. आनन्द (गोरख) विष्ट
२०.कृष्णकिशोर घिमिरे
२१.  ध्रुव वाग्ले
२२.दयाराम पाण्डे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP