मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्।

पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवासमा केन्द्रीय समिति बैठक बसेको थियो।

पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र क्षेत्रीय सभापति स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको तर आमन्त्रित केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि हुन वडाबाट चुनाव लडेर आउनुपर्ने नीति विभेदकारी रहेकोले सच्याउन दबाब दिन सामूहिक राजीनामा घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले बताए।

‘चुनाव लडेर आउने भए पदाधिकारी, केन्द्रीय सदस्य सबै चुनाव लडेर आउनुपर्छ, नभए किन हामीलाई मात्रै बेग्लै नियम?’ उनले भने, ‘यो व्यवस्था सच्याउनुपर्छ।’

सामूहिक राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यको नामावली

१. जनकराज कलौनी
२.मोहनसिंह राठौर
३. बालकृष्ण पाण्डेय
४.सुधीरकुमार शिवाकोटी
५. नरेन्द्रकुमार चौधरी
६. शम्भुलाल श्रेष्ठ
७. आशाराम चौधरी
८. रमा कोइराला पौडेल
९. दिलीप राई
१०. कुमार खड्का
११.  भूमिबहादुर (विश्व) गुरूङ
१२. मनोहरनारायण श्रेष्ठ
१३. किरणराज शर्मा पौडेल
१४. गोपालकुमार बस्नेत
१५. हसन अन्सारी
१६.अभिषेख प्रताप शाह
१७.  राजेन्द्रबहादुर सिंह
१८. नन्दनकुमार दत्त
१९. आनन्द (गोरख) विष्ट
२०.कृष्णकिशोर घिमिरे
२१.  ध्रुव वाग्ले
२२.दयाराम पाण्डे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP