मंगलबार , अषोज २७, २०८३

बिहीबार गठित लुम्विनी प्रदेशको मन्त्रिपरिषदमा आफ्ना सांसदलाई सहभागी गराएको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमालेले गम्भीर आपत्ती जनाएको छ।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटीले बिहीवार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेका अजय शाहीलाई गैरकानूनी बाटोबाट मन्त्री नियुक्त गरेको भन्दै आपत्ती जनाएको हो। त्यस्तै बिमला ओलीलाई नेकपा माओवादीको संसदीय दलमा सहभागी गराएको प्रति पनि एमालेले आपत्ती जनाएको छ।

शाही नवगठीत मन्त्रिपरिषदमा बिना बिभागीय मन्त्री नियुक्त भएका छन् भने ओलि अन्तिम समयमा आएर मन्त्री बन्नबाट पछि हटिन्।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लीला गिरीले जारी गरेको विज्ञप्तिमा एमालेका सांसद शाहीलाई गैरसंवैधानिक र गैरसंसदीय बाटोबाट मन्त्री बनाउन प्रदेश प्रमुखले  भुमिका निर्वाह गरेको भन्दै आपत्ति जनाएका छन्।

गिरीद्धारा जारी विज्ञप्तीमा नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको सदस्यलाई मुख्यमन्त्री नियुक्ती गर्नुपर्ने कानुनी व्यवस्थालाई कुल्चेर प्रतिपक्षी दलमा रहेका सदस्यलाई सरकार र संसदीय दलमा सामेल गरी संविधानको प्रावधान एवं बहुदलीय प्रणालीको मर्म र भावना विपरित प्रदेश प्रमुख नै गैरसंवैधानिक कार्यमा सहभागी हुनु अन्त्यन्तै निन्दनीय कार्य भएको एमालेको ठहर छ भनिएको छ।

नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आजै ६ जना मन्त्री बनाएका छन्।

सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा सहरी विकासमन्त्रीमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीमा सहसराम यादव नियुक्त भएका छन् । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विनाविभागीय मन्त्री बनाइएको छ ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन् । गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले भने सरकारबाहिरै बसेर समर्थन गर्ने भएको छ ।

चौधरी काङ्ग्रेस, खड्का माओवादी र यादव जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री बनेका हुन् । विनाविभागीय मन्त्री ढेंगा र रायमाझी पनि जनता समाजवादीका तर्फबाट मन्त्री भएक हुन् । मन्त्री शाही स्वतन्त्र सांसद हुन् ।

संविधानको धारा १६८(२) अनुसार चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP