शनिबार , बैसाख ६, २०८२

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले १ महीनाभित्र त्यस बराबरको थप खोप आउने बताएका हुन् ।

बिहीवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्ममा ४५ लाख ७० हजार ५५३ लाई पहिलो मात्रा र २८ लाख ८ हजार ३६० लाई दोस्रो मात्रा समेत गरी ७४ लाख ५ हजार ९१३ लाई कोभिडविरुद्ध खोप लगाइएको बताए । अघिल्लो सरकारले ४२ लाखलाई मात्र खोप लगाएको तथ्यांक उल्लेख गर्दै उनले सरकारले प्रत्येक दिन डेढ लाखदेखि २ लाखलाई खोप लगाउन थालेको बताए । यस हिसाबले असोजसम्ममा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने उनको दाबी थियो ।

कुल ३ करोड ३६ लाख ७१ हजार डोज खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा कुल ३ करोड २३ लाख खोप ल्याउने लक्ष्य लिएको बताए । लक्ष्यअनुसार उक्त संख्यामा खोप आपूर्ति भएमा नेपालमा उक्त अवधिसम्म कुल ५ करोड २२ लाख डोज आपूर्ति हुने जानकारी गराए ।

उनले कोभिड संक्रमणको अवस्था र त्यसको न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका थिए । सांसद्हरूले संक्रमण दर बढ्दै गएको र दशैंतिहार मुखैमा आएकोमा आवतजावत बढ्ने बताउँदै दशैंतिहार अघि नै धेरैभन्दा धेरैलाई खोप लगाउनुपर्ने बताएका थिए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP