मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नसके घाइते योद्धालाई उपचारका लागि आफ्नो पार्टी कार्यालयमा पठाउनू भनेर दिएको अभिव्यक्तिमाथि व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले ओलीले उठाएको प्रश्नमाथि टिप्पणी गरेका हुन् ।

उपचारका लागि समस्या भए आफ्नो कार्यालय आउन भन्दै ओलीले दिएको अभिव्यक्तिबारे व्यंग्य गर्दै थापाले भने, कठैबरा ! आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले घाइतेहरु पार्टी कार्यालयमा आए भने कसरी उपचार गराउलान् ?’

थापाले संसदमा ओलीले उठाएका प्रश्नको जवाफ सरकारले कामबाट दिनुपर्ने बताए । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा उठाएका प्रश्नमा कुण्ठा भए पनि प्रश्न निम्छरो नभएकाले सरकारले त्यसको जवाफ दिनुपर्ने उनले बताए ।

‘प्रश्नमा थुप्रै आत्माश्लाघा थियो, अहंकार थियो, क्रोध थियो । ईर्श्या थियो । रिस थियो । कुण्ठा थियो,’ थापाले भने, ‘तर पनि म भन्न चाहन्छु । प्रतिपक्षीले गरेको प्रश्न निम्छरो हुँदैन । प्रश्न प्रश्नै थियो । प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । एउटा–एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर, गफबाट होइन । कुराबाट होइन । कामबाट दिनुपर्छ ।’

बिहीबारको बैठकमा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारले जस्तो व्यवहार नगर्न पनि सुझाब दिए । उनले विशेष समय र शून्य समयमा उठेका विषयलाई गम्भीर रुपमा लिन र ती विषयलाई सम्बोधन गर्ने संकल्प गर्न सरकारलाई सुझाब दिए । पूर्वप्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दलको ठाउँ सुहाएको भन्दै थापाले गफले नभई सही मतिका साथ काम गरेर सत्तापक्षको ठाउँ सुहाउँदो देखाउन पनि सचेत गराए ।

नेपाली भूमि फिर्ता र एमसिसीबारे प्रश्न गर्ने प्रतिपक्षी दलको नेता ओलीलाई आफ्नो कार्यकालमा के गर्नुभयो भनी सांसद थापाले प्रश्न गरे । उनले भने, ‘जेठ ३१ गते ७७ सालमा सिंगो संसद उभिएर संविधान पास गरेर ल है अगाडि बढ्नुहोस् भन्दै गर्दा, १ वर्ष, २ वर्ष , एकपक्षीय, बहुपक्षीय अनेकन वार्ता भएछ । एकपटक चुइँक्क भूमिका बारेमा बोल्नुभएन । १ सय ६५ जना सांसद छ ।  अब एमसिसी के गर्छौ भनिरहँदै गर्दा, यसो सम्झेको उहाँसँग त कति रहेछ ? २ सय ८ हुँदै गर्दा के गर्नुभएको रहेछ ?’

सांसद थापाले विपक्षी दलसँग पनि संवाद र सहमति गरेको भन्ने ओलीले संविधानविपरीत संवैधानिक परिषद्बाट प्रतिपक्षलाई निकाल्ने काम गरेको कुरा स्मरण गराए ।

‘प्रतिपक्षसंँग संवाद र सहमतिको सम्पूर्ण काम गरेको थिएँ भन्दै गर्दा संविधानले दिएको संबैधानिक परिषद्बाट प्रतिपक्षलाई आउट गर्ने प्रधानमन्त्रीलाई मैले संम्झेँ,’ थापाले भने, ‘गठबन्धनको संस्कृति भित्रियो । कत्रो चिन्ता भएको ? जताततै गठबन्धन मेरै अहंकारका कारण आएको भन्ने सम्झनुभयो कि भएन होला ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP