मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट पोखरा रंगशालामा सुरु भएको छ । मंगलबार पोखरा आइपुगेको टोली दुई साता बन्द प्रशिक्षणमा रहने टिमका सहव्यवस्थापक कृष्णभक्त मानन्धरले बताए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन ।

टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, रजिन धिमाल, सुमन अर्याल, रन्दीप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजीव लोप्चन, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सन्जोक राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, सेसेहाङ् आङ्देम्बे, शिशिर लेखी रहेका छन् ।

दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने दक्षिण एसियाकै सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि अन्तिम खेलाडीको छनोट पनि पोखराबाटै गर्ने तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । एसियन कपका लागि समेत खेलाडीको छनोट पोखराबाटै गरिने एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का संयोजक समेत रहेका कृष्णभक्त मानन्धरको नेतृत्वमा पोखरा आएको टोलीले पोखरा रंगशाला, सहारा एकेडेमीको खेल मैदान र विजयपुर व्रेकको मैदानमा प्रशिक्षण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP