मंगलबार , अषोज २७, २०८३

जुम्लामा स्थानीयमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ । बिहीबार बिहान करिब ५ बजेतिर चन्दननाथ नगरपालिका–५ का एक दम्पतीलाई भालुले आक्रमण गरेको थियो ।
भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो  भने  करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।

भालु बजार पसेको खबर पाए पछि जिल्ला प्रशासन, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटिएको थियो । टोलीले जंगलसम्म भगाउन खोज्दा भालुले सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन नसकिएको र गोलि हानेर मारिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री जानकारी दिए ।

‘भालुलाई सुरक्षित स्थलतिर भगाउँदा खोज्दा पनि भालु गाउँ पसेर आतंक मच्चाउन थाल्यो,’ उनले भने,‘ गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखिएपछि गोलि हानेर मारिएको हो ।’भालुले चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा हिमराज रोकाया र उनकी धर्मपत्नी निर्मला रोकाया थापा र चन्दननाथ नगरपालिका–४ का  २५ वर्षका आषिस सार्कीलाई आक्रमण गरी घाइते बनाएको छ । घाइते तीनै जनाको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP