आइतबार , जेठ २६, २०८२

अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् । सो घटनामा परी अरु २२ जना घाइतेसमेत भएको सुरक्षा अधिकारीले बिहीबार जानकारी दिएका छन् ।   “हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् भने २२ घाइते भएको” रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

घटनास्थलबाट सुरक्षाकर्मीले यातायातका साधन, विस्फोटक पदार्थलगायत लडाकूले प्रयोग गर्दै आएका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएका छन् ।  त्यसैगरी बल्ख प्रान्तमा पनि अरु २७ लडाकू मारिनुका साथै चार घाइते भएको रक्षा मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

त्यसैगरी हेरात प्रान्तमा पनि २१ तालिवान लडाकू सुरक्षा कारबाहीका क्रममा मारिएको ती सुरक्षा अधिकारीले जनाएका छन् ।  तालिवान लडाकूले देशका विभिन्न क्षेत्रमा हिंसात्मक क्रियाकलाप बढाएका छन् भने सरकारी सुरक्षाकर्मीले पनि त्यसका जवाफी सुरक्षा कारबाही चलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP