मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ।

१४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपा वा सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ कहाँ बैठक राख्ने निश्चित भइसकेको छैन।

सानेपामा विगत एक महिनादेखि बारा कांग्रेसले धर्ना दिइरहेका छन्।

१४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ।

स्रोतकाअनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन्।

सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे भने कांग्रेसले बताइसकेको छैन। यसअघि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति नरहने बताएका थिए।

क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन्। तर महाधिवेशन सारेर कहिले गर्नेमा एकमत देखिएको छैन।

आज केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP