आइतबार , जेठ २६, २०८२

कोरोना महामारीको संकट अझै टरिसकेको छैन । तर नयाँ खतराको घण्टी बजिसकेको छ । पश्चिम अफ्रिकी गिनीमा घातक ‘मारबर्ग’ भाइरसका कारण एकजनाको मृत्यु भएको छ ।  यो घटनापछि गिनीमा निकै ठूलो त्रास फैलिएको छ ।

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)ले यो भाइरसलाई इबोला र कोरोनाभन्दा पनि धेरै खतरनाक मानेको छ । दुई अगस्टमा दक्षिणी गुएकेडौ प्राप्तका एक व्यक्तिको यो भाइरसका कारण मृत्यु भएको हो । यो भाइरस कसरी सर्छ भन्ने विषय अहिले पुष्टि भइसकेको छैन । तर, डब्ल्युएचओले चमेरोबाट भाइरस सर्नसक्ने जनाएको छ । ‘यो भाइरसको स्रोत चमेरोको गुफा हुनसक्छ,’ डब्ल्युएचओले भनेको छ ।यस भाइरसको मृत्युदर ८८ प्रतिशतसम्म छ ।

अफ्रिकास्थित डब्ल्युएचओका क्षेत्रीय निर्देशक डा. मात्सिदिसो मोएतीका अनुसार मागबर्ग भाइरस टाढा–टाढासम्म फैलने खतरा छ । उनले यसलाई चाँडोभन्दा चाडो नियन्त्रणमा लिनुपर्ने बताए ।  गिनीमा दुई महिनाअघि मात्र इबोलाको दोस्रो प्रकोप समाप्त भएको घोषणा गरिएको थियो । अघिल्लो वर्षबाट सुरु भएको इबोलाको दोस्रो लहरमा यहाँका १२ जनाले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP