सोमबार , अषोज २६, २०८३

कोरोना महामारीको संकट अझै टरिसकेको छैन । तर नयाँ खतराको घण्टी बजिसकेको छ । पश्चिम अफ्रिकी गिनीमा घातक ‘मारबर्ग’ भाइरसका कारण एकजनाको मृत्यु भएको छ ।  यो घटनापछि गिनीमा निकै ठूलो त्रास फैलिएको छ ।

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)ले यो भाइरसलाई इबोला र कोरोनाभन्दा पनि धेरै खतरनाक मानेको छ । दुई अगस्टमा दक्षिणी गुएकेडौ प्राप्तका एक व्यक्तिको यो भाइरसका कारण मृत्यु भएको हो । यो भाइरस कसरी सर्छ भन्ने विषय अहिले पुष्टि भइसकेको छैन । तर, डब्ल्युएचओले चमेरोबाट भाइरस सर्नसक्ने जनाएको छ । ‘यो भाइरसको स्रोत चमेरोको गुफा हुनसक्छ,’ डब्ल्युएचओले भनेको छ ।यस भाइरसको मृत्युदर ८८ प्रतिशतसम्म छ ।

अफ्रिकास्थित डब्ल्युएचओका क्षेत्रीय निर्देशक डा. मात्सिदिसो मोएतीका अनुसार मागबर्ग भाइरस टाढा–टाढासम्म फैलने खतरा छ । उनले यसलाई चाँडोभन्दा चाडो नियन्त्रणमा लिनुपर्ने बताए ।  गिनीमा दुई महिनाअघि मात्र इबोलाको दोस्रो प्रकोप समाप्त भएको घोषणा गरिएको थियो । अघिल्लो वर्षबाट सुरु भएको इबोलाको दोस्रो लहरमा यहाँका १२ जनाले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP