सोमबार , अषोज २६, २०८३

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियाेनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो ।

२ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार क्याप नाउबाट विदा भएका थिए । मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका हुन् ।

मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ ।

पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌।

यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ । मेस्सीले ३० नम्बर जर्सी प्रयोग गर्नेछन् ।

मेसीले बार्सिलोनामा २१ वर्ष बिताएका थिए । उनले बार्सिलोनामा १७ वर्ष सिनियर फुटबल टोलीबाट खेलेका थिए । मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP