मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल साउन २७ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– तृतीया, बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– पूर्वाफाल्गुनी, बिहान १० बजेर ४५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– शिव, बेलुकी ०८ बजेर ३६  मिनेट उप्रान्त सिद्ध । करण– तैतिल, बिहान ०५ बजेर ४२ मिनेट उप्रान्त गर, बेलुकी  ०५ बजेर ०८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग ।

चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ३८ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३२ घडी ५८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाढा हुनु पर्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरजग्गा तथा सवारी साधनको व्यापार व्यवसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछाडि परेको भान हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरू सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बचन पुरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपार्ईँदेखि टाढिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चाताप हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  दिगो फाइदा हुने व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचनात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गलत साथीको सङ्गतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेको ध्यान दिनुहोला । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । साँझपख विदेश यात्राको गतिलो सम्भावना रहेको भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन तथा सम्पत्ति कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलाप पनि ध्यान जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भए पनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेम तथा पतिपत्नी विच केही विषयमा मनमुटाब बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  भौतिक सम्पत्ति जुट्नुको साथै विलासी जीवन व्यतीत गर्न सकिनेछ । साँझपख समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामीप्य बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको ।

तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP