शनिबार , जेठ १८, २०८२

पाल्पामा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका ५ कुसुम खोला देउरालीबाट बाघको छालासहित रिब्दीकोट ७ का ४२ वर्षीय विष्णुबहादुर  खत्री र ४० वर्षीय रविल मियाँ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मुझुङ बतासेबाट तानसेन जाँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बाघको छालासहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको  अनुसन्धान ब्युरो र हार्थोक प्रहरी चौकीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

झोलाभित्र गम्छामा बेरेको अवस्थामा बाघको मुखदेखि पुच्छरसम्मको लम्बाइ ६ फिट ४ इन्च, छातीको भागको चौडाइ २ फिट १ इन्च भएको छाला बरामद गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु