शनिबार , भाद्र १३, २०८३

एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका बारेमा सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीका बारेमा कुनै पनि विषय समावेश नभएको बताए । उनले एमसीसी पास गर्ने वा के गर्ने भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।

उनले भने, ‘साझा कार्यक्रममा साना मसिना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो । एमसीसीका बारेमा संयुक्त सरकारको साझा कार्यक्रममा खै ? एमसीसी बिर्सिनुभयो कि के हो ? एमसीसी मैले त देखिन ।’

आफुले बोलेका केही क्लिप देखाएर एमसीसी पारित गर्ने वातावरण बनाउन खोजेको समेत उनले बताए । उनले भने, ‘केपी ओलीले एमसीसी पारित गनुपर्छ भनेर मेरो क्लीप खोजेर वातावरण बनाउन खोज्ने ? एमसीसी के गर्नुहुन्छ ? भन्नुपरेन । नेपाली जनताले जान्न चाहेको छ, के गर्नुहुन्छ एमसीसी ?’

अहिलेको सत्तारुढ दलसँग १ सय ६५ सांसद रहेको भन्दै गठबन्धनको धारणा आउनुपर्ने समेत बताए । उनले भने, ‘ तपाईसँग १ सय ६५ को सवल जथ्थाले के भन्छ ? पास गर्ने वा के गर्ने ? सरकारमा त जस्केलाबाट जानुभयो, सबैकुरामा जस्केलाबाट छिर्ने काम नगरौँ ।’

अध्यक्ष ओलीले भारतसँग कुटनीतिक वार्ता गरेर लिम्पियाधुरा, कालापानीका विषयमा समेत स्पष्ट कुरा गर्ने विषय साझा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको आलोचना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP