मंगलबार , असार ३, २०८२

पुन:स्थापित प्रतिनिधिसभाले बिजनेस नपाएको गुनासो बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच मंगलबार अपरान्ह भेटवार्ता भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा आजको प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार दुई नेताबीच सदनलाई प्रभावकारी बनाउने, विधेयक अघि बढाउने लगायत विषयमा छलफल भएको हो।

यो भेटवार्तामा अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण र माओवादी केन्द्रका सचेतक देव गुरुङलगायत सहभागी थिए।

आजको प्रतिनिधिसभा बैठकमा पनि देउवा सरकार बनेको एक महिना बितिसक्दा पनि संसदलाई बिजनेस दिन नसकेको भन्दै सांसदहरुले चर्को आलोचना गरेका थिए।

विपक्षी दलका नेता केपी शर्मा ओलीले पनि सरकार आएको महिना हुन लाग्दा पनि संसदले बिजनेस नपाउनु दुःखद भन्दै कटाक्ष गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP