आइतबार , बैसाख ७, २०८२

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता गरेका छन् ।

मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट अंक हाशिल गरेको  सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए ।

उनले कर्णालीका नेताहरुको साथमा आफु रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गरे । उनले भने ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनुभयो की, उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु तपाईंहरुको सदस्यता धरापमा छ भने यदी तपाइँहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाईहरु दृढताका साथ अगाडी बढ्नुस् । हामी साथमा छौँ ।’

वरिष्ठ नेता नेपालले आफुहरु कसैको सामु शिर नहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP