मंगलबार , अषोज २७, २०८३

हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको  दुबई जानका लागि सोमबार साँझ केही यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए।

विमानस्थल पुगेका उनीहरू जहाज चढ्न भने पाएनन् बरू अन्तिम समयमा सूचना आयो- एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार गर्न सकिन्न।

यात्रुहरू केहीबेर अलमलमा परे। कोही आक्रोशित भए। अन्तिम समयमा जहाज चढ्न नपाएपछि उनीहरू घर फर्किए।

यात्रु नलिइकन हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि उड्यो। उताबाट यात्रु ल्याउनका लागि जहाज काठमाडौंबाट खाली गएको हो।

संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो देशमा प्रवेश गर्नेहरूका लागि तोकेका मापदण्ड पूरा गर्न नसक्दा यात्रुहरू विमानस्थलबाट फर्किनु परेको हो।

युएईले आवासीय भिसा भएका र कर्मचारीहरूका लागिमात्रै आफ्नो देशमा प्रवेश अनुमति दिएको छ। त्यसका लागि उडान समयभन्दा चार घन्टाअघि एन्टीजेन परीक्षण, ४८ घन्टा अघिको पिसिआर परीक्षण रिपोर्ट चाहिन्छ।

त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था छैन। विमानस्थलका प्रमुख प्रताप तिवारीले युएईको दूतावासले हप्ता दिनअघि आफ्नो देश प्रवेश गर्न चाहनेका लागि विमानस्थलमा एन्टीजेन परीक्षण गर्नुपर्ने जानकारी गराएको बताए।

‘उहाँहरूले ८-१० दिनअघि एन्टीजेन परीक्षण गर्नुपर्छ भन्नुभएको थियो। हाम्रो विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था गर्न ठाउँ छैन,’ विमानस्थल प्रमुख तिवारीले भने,‘एन्टीजेन परीक्षण कहाँ गर्ने भन्नेबारे हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेका छौं।’

चार घन्टाअघि यात्रुको एन्टीजेन परीक्षण गर्न नसक्ने भएपछि सोमबार राति राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज पनि खाली नै दुबई उडेको विमानस्थल स्रोतले जानकारी दियो।

विमानस्थल प्रमुख तिवारी गन्तव्य मुलुकमा मापदण्डबारे एयरलाइन्सहरूले यात्रुहरूलाई समयमै जानकारी नदिँदा समस्या हुने गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP