शनिबार , भाद्र १३, २०८३

नेकपा एमालेको विधान पारित गर्न सोमबार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले सबै नेताहरूलाई स्तब्ध बनाए । स्थायी समितिको बैठकमा केपी ओलीविरुद्ध कडा रूपमा प्रस्तुत भएका गौतम अपराह्न बसेको केन्द्रीय समिति बैठकमा सहभागी नै नभई घरतिर लागेका हुन् ।

ओलीलाई वामदेवको कटाक्ष

केन्द्रीय समिति बैठकअघि ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमै एमालेको स्थायी समिति बैठक बसेको थियो । त्यस क्रममा बैठकमा पेस भएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमले बोल्ने पालो आयो । त्यस क्रममा गौतमले व्यङ्ग्यात्मक प्रस्ताव अघि सारे ।

धारणा राख्ने क्रममा उपाध्यक्ष गौतमको प्रस्तुति केही समयअघि अध्यक्ष ओलीले दिएका अभिव्यक्तिप्रति लक्षित थियो । गौतमले आफ्नो धारणा राख्दै यसबीच पार्टी अध्यक्षले मनपरी गरेका विषयलाई उठाएका थिए ।

विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने कुरा गौतमले उठाए । त्यसमा उनले ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’  र ‘पार्टी अनुशासनात्मक कारबाही’ शीर्षकअन्तरगत पनि केही बुँदाहरु थप्नुपर्ने भन्दै व्यंग्य गरेका थिए ।

‘पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ यो प्रस्ताव पनि थपौँ गौतमले भनेका थिए ।

गौतमले के सन्दर्भमा यो विषय उठाए भने कम्युनिस्ट पार्टीमा माथि उल्लेख भएका विषयहरू कुनै पनि देशका कुनै पनि कम्युनिस्ट पार्टीका विधानमा उल्लेख हुँदैनन् र आरोप पनि लगाइँदैन ।

‘अहिले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुप–यो’, गौतमले बैठकमा भने, ‘बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन ।’

गौतमले पार्टीमा कसैले गल्ती ग–यो भने राजनीतिक कारबाही हुने भन्दै अध्यक्षले नै गल्ती गर्दा कारवाही हुने कि नहुने भन्दै थप प्रश्न गरेका थिए । वामदेवले यस्तो धारणा राख्दा स्थायी कमिटी बैठकस्थल सन्नाटा छाएको थियो ।

स्थायी कमिटीमै खटपट परेपछि गौतम केन्द्रीय कमिटीको बैठकमा सहभागी नभई घरतिर लागेको एक नेताले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP