जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने बताएका छन्। उनले आइतबार राति सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै यस्तो बताएका हुन्।
‘पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्छ’, उनले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउन सक्छ। अतः ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौं।’
भट्टराईको आशय केपी ओलीले अर्को जाल रच्न सक्छन् भन्ने तर्फ केन्द्रित छ। हरेक दिनजसो सामाजिक संजालमा राजनीतिक टिप्पणीहरु गर्दै आएका डा. भट्टराईले भनेका छन्,:
कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्छ है। पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्छ। पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ। अतः ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौं।








