मंगलबार , असार ३, २०८२

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि विहान ११ बजे स्थायी कमिटी बैठक बस्दै छ ।

बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।

त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल खुला गरिने तामाङको भनाइ छ । उनले भने, ‘केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्छ । अनि छलफलको लागि ओपन गर्छौं । हाम्रा मातहतका कमिटी, जनसंगठनहरूमा छलफल हुन्छ ।’

विधान महाधिवेशनको तयारीका लागि यो सबै काम भइरहेको तामाङमा भनाइ छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भएको छ । यस्तै विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने छ ।

तर एमालेको माधव नेपाल पक्षले एकताको प्रयास भइरहेको भन्दै पार्टी गतिविधि रोक्न माग गरिरहेको छ । तामाङले भने एकताको प्रयास र पार्टीको सांगठनिक गतिविधि नरोकिने बताए । उनले भने, ‘हामी निरन्तर संवादमै छौं । उहाँहरुलाई पार्टीमा सहभागी गराउन लागि गरिने प्रयत्न पनि रोकिँदैन र पार्टीको गतिविधि पनि रोकिँदैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP