सोमबार , अषोज २६, २०८३

सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने भएको छ।

यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको रुपमा अस्ट्राजेनिका खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनाए अनुसार काठमाडौंमा १४४ खोप केन्द्रबाट खोप लगाउन सकिनेछ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुबाट नै अस्ट्राजेनिका खोप लगाइने भएको हो। भेरोसेलको दोस्रो मात्रा आइतबारसम्म लगाइएको थियो ।

केही दिन अघि भुटान र जापानबाट ल्याइएको अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइनेछ। भुटानले तीन लाख र जापानले आठ लाख डोज नेपाललाई दिइसकेका छन् । जापानबाट थप आठ लाख डोज खोप एक हप्ताभित्रै आइपुग्ने बताइएको छ।

सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने नागरिकलाई लगाउने निर्णय गरेको छ। मन्त्रालयले एक सूचना जारी गरि काठमाडौंमा १४४ खोप केन्द्रबाट खोप लगाउन सकिने जनाएको छ।

गत चैतमा अक्सफोर्ड अस्ट्राजेनिका र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। दोस्रो मात्रा १२ सातामा लगाउनु पर्ने भएपनि भारतले खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो। अब त्यतिबेला पहिलो डोज लगाएकाले आजदेखि दोस्रो डोज लगाउन पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP