आइतबार , जेठ २६, २०८२

वि.सं.२०७८ साल साउन २५ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– प्रतिपदा, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– अश्लेषा, बिहान १० बजेर ३५ मिनेट उप्रान्त मघा । योग– वरियान , रातको १२ बजेर ०३  मिनेट उप्रान्त परिध । करण– किंस्तुध्न, बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त बव, बेलुकी  ०६ बजेर ४४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि– कर्कट,बिहान १० बजेर ३५ मिनेट उप्रान्त सिंह ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३१  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ०४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग हुने छैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले खानपान तथा मौसमको  ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो संस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ ।

 मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । बिहानको समयमा  कुनै पनि नयाँ काम नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । बचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपाईंदेखि टाढिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चाताप हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा तथा सामाजिक काम गरी अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रूपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यतित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाईंआफ्नै पोल्टोमा पर्नेछ । बिहानको समयमा लामो दुरीको यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ भने विदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यवसाय फस्टाएर जानेछ । बिहानको समय राम्रो रहेको पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट आम्दानी बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने इच्छित चाहनाहरू पूरा हुने हुनाले मन चङ्गा हुनेछ ।  भूमि वाहन तथा पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरूले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यवसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरू सफल रूपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरकारी तथा दैनिक काम गर्दा ध्यान दिनुहोला अप्रिय निर्णयको सिकार होइएला । लामो दुरीको धार्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरूको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरू गर्न सकिने छैन । घरपरिवार तथा आफन्त बीच मनमुटाव बढने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । रमाइलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्बन्धित कार्यहरू हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानीका स्रोतहरू फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरूलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । बिहानको समय मध्यम रहेकोले ठुलो लगानी नगर्नु नै राम्रो रहनेछ ।

तपाईँ दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP