मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ।

उक्त बैठकपछि सोमबार नै केन्द्रीय कमिटी बैठक राखिएको उनले जानकारी दिए।

स्थायी र केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति भवनमा बस्ने तामाङले बताए। एमालेले आइतबारका लागि यी बैठक बोलाए पनि पार्टी एकताका पहलका लागि भन्दै एक दिन बैठक सारिएको छ।

एमालेमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विभिन्न विषयमा कुरा मिलेको छैन। पछिल्लो समय नेता नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ मा विश्वासको मत दिएका थिए।

पार्टी एकताका लागि पहल भइरहेको दुबै पक्षका नेताहरू बताउँछन्। तर दुबै पक्षका स्थायी र केन्द्रीय कमिटी बैठक भिन्नाभिन्नै रूपमा भइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP