शनिबार , भाद्र १३, २०८३

विराटनगर–१७ इस्लामपुरस्थित नेपाली भूमिमा बनाउन लागेको नाला भारतीय सुरक्षाकर्मीले रोक लगाएको छ । भारतीय बजार जोगवनीबाट बगेर आएको पानी निकासका लागि बनाउन लागिएको नाला भारतीयको अवरोधका कारण निर्माणको काम ठप्प भएको छ ।

भारतीय बजार जोगवनीबाट बगेर आएको पानी निकासका लागि नेपाल–भारत सीमा विराटनगर–१७ इस्लामपुरमा बनाउन लागिएको एक सय मिटर लामो नाला भारतीयको अवरोधका कारण निर्माणको काम ठप्प भएको हो । जोगबनीको दशगजा भन्दा करिब २० मिटर पूर्वमा रहेको इस्लामपुर बस्तीमा नाला निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेको छ ।

नाला निर्माणको कामलाई भारतीय सीमा सुरक्षा बलले अवरोध गरेपछि वर्षायाममा भारततर्फबाट आएको पानीको निकास नहँुदा सो स्थानमा डुबानसमेत हुने गरेको स्थानीय समसुल होदा मियाको भनाइ छ । डुबानबाट जोगाउनका लागि नेपालभित्र इस्लामपुरमा पक्की नाला निर्माणको काम शुरु भएलगत्तै भारतीय एसएसबीले धाकधम्की दिँदै रोक लगाएको उहाँले बताउनुभयो ।

नाला निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङ र भारतीय सीमा सुरक्षा बलबीच छलफल नभएसम्म नालाको काम तत्काल रोकिएको वडाध्यक्ष समिम कमरले जानकारी दिनुभयो । वर्षेनी वर्षायाममा पानी जम्ने भएकाले इस्लामपुरमा नाला निर्माण र ग्राइभेलको काम शुरु गरिएको उहाँले बताउनुभयो । इस्लामपुरमा रहेका ३ सयभन्दा बढी घर–परिवारका मानिस डुबानबाट वर्षेनी पीडित हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP