मंगलबार , अषोज २७, २०८३

अब करदाताले अन्तःशुल्कको इजाजत नवीकरण अनलाइन प्रणालीमार्फत आफैं गर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले अनलाइन सेवामार्फत करदाता आफैले विद्युतीय माध्यामबाट अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरूलाई परिपत्र गर्दै अन्तःशुल्कको नवीकरण अनलाइन प्रणालीमार्फत मात्र गर्न निर्देशन गरेको हो ।

अहिले करदाताको स्थायी लेखा नम्बर (पान), इजाजतपत्र नम्बर उल्लेख गरेमा लाग्ने नवीकरण दस्तुर, दाखिला गर्नुपर्ने राजस्वको शीर्षकसहितको भौचर विभागको प्रणालीबाट तयार हुन्छ । सो भौचर बमोजिम विद्युतीय माध्यामबाट दस्तुर दाखिला गरेमा वा विभागको प्रणालीबाट तयार भएको भौचरमा रहेको कारोबार संकेत लिई सोही दिन बैंकमा गई दस्तुर दाखिला गरेपश्चात नवीकरण हुने व्यवस्था रहेको छ ।

यसरी करदाताले पहिले बैंकमा गई भौचरबमोजिम इजाजत नवीकरण गर्न कार्यालयमा निवेदन दिने अहिलेको व्यवस्थाले कतिपय अवस्थामा करदाताको स्थायी लेखा नम्बर, राजस्व शीर्षक नम्बर, कार्यालय कोर्ड र रकम आदिमा त्रुटि हुने सम्भावना रहन्थ्यो । यसरी गल्ती हुँदा दिनहुँ धेरै भौचर संशोधन हुने गरेकाले करदाता र कर प्रशासन दुवैको समय र लागत बढ्ने र सेवा प्रवाह पनि झन्झटिलो हुने गरेको थियो । अब सबै काम अनलाइन प्रक्रियाबाट हुने भएपछि यी झन्झट पनि हट्दै जाने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP