आइतबार , बैसाख ७, २०८२

संविधानविद् विपिन अधिकारीले संसदीय व्यवस्थामा ह्वीप लाग्दैन भनेर विश्वास गर्न नमिल्ने बताएका छन् ।

काठमाडौँमा आयोजित ज्ञान गोष्ठी संवाद शृंखलामा बोल्दै संविधानविद् अधिकारीले संविधानको धारा ७६ (५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको टिप्पणी गरेका हुन् ।

उनले भारतमा राष्ट्रपति निर्वाचनमा ह्वीप लाग्दैन भनेर कानुनमै व्यवस्था गरेको भए पनि नेपालमा त्यसरी ह्वीप नलाग्ने कुरा कतै उल्ले्ख नभएको बताए ।

‘अदालतले सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्यो भने त्यो अदालत हुनै सक्दैन । अदालतले राजनीतिक दलसम्बन्धी कानुन हेर्दैन र ?,’ अधिकारीले भने ।

देउवालाई समर्थन गरेर केही एमालेका सांसदहरु राष्ट्रपतिसमक्ष गएका बेला पार्टीले ह्वीप जारी नगरेको अवस्था रहेको अधिकारीको तर्क छ ।

‘सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्नु हास्यास्पद हो, अदालतले भनेको कुरालाई आफ्नो सुविधाअनुसार व्याख्या गर्नुहुन्न,’ अधिकारीले भने, ‘अदालतले हिजोको कुरामा व्याख्या मात्र गरेको हो । अहिलेको कुरा गरेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP