मंगलबार , अषोज २७, २०८३

आजदेखि सरकारले नेपाल मास्क अभियान सुरु भएको छ । कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान सञ्चालन हुनेछ । अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ ।

कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल क्याम्पियन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

अभियानअन्तरगत जनस्तरमा मास्कको सही प्रयोग भए÷नभएको अनुगमनसमेत गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP